धरान । धरान उपमहानगरपालिका–१८ को अगुवाइमा धरानको पहिलो चेस पार्क भएको छ । खेलकुद नगरी धरानलाई थप ब्रान्डिङ गर्न आफ्नो वडामा रहेको विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अगाडिको क्षेत्रमा नेपालकै पहिलो चेस पार्क बनाइएको वडा अध्यक्ष प्रवीण राई बताउँछन् । करिब २१ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने पार्कको ६० प्रतिशत काम सकिएको अध्यक्ष राईले जानकारी दिए ।
तस्बिरः विराट अनुपम/ रासस