• काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये उपत्यकाका मात्रै ३१ जना रहेका छन् । काठमाडाैंका २२, भक्तपुरका १ र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

    अन्य संक्रमितहरू सुनसरी, मोरङ्ग, धनुषा, चितवन, महोत्तरी, सर्लाही, पर्सा, बझाङ, डोटी, बर्दिया, गोरखा, रौतहट, सिन्धुली, कास्की, लमजुङ, तनहुँ, बागलुङ, बर्दिया, रुपन्देही लगायत जिल्लाका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) को प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा १११ जना संक्रमित डिस्चार्ज भएको पनि उनले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ भने १४ हजार ६०३ जना डिस्चार्ज भएका छन् । देशभर ५ हजार ६७२ सक्रिय संक्रमित छन् । १० हजार ९३४ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८६१ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…