काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।
सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न डा. गौतमले जानकारी गराएका छन्। पीसीआर परीक्षणको दायरा बढाउन र आरडीटी बन्द गर्न विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए । यसअघि युवा अभिन्ताहरुले समेत आरडीटी परीक्षण गर्दै सरकारले जनताको आँखा छारो हालेको आरोप लगाएका थिए । आरडीटी बन्द गर्न र पीसीआर बढाउन भन्दै उनीहरुले पटकपटक आन्दोलन समेत गरेका छन् ।