बुटवल-कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।
भारतबाट नेपाल आउदै गरेका उनलाई वबशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
पक्राउ परेका सोनारको साथबाट १ हजार रुपैयाँका १२ गड्डी र ५ सय रुपैयाँका नोटका ८ गड्डी बरामद गरेको उनले बताए ।
पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सोनारले नेपालबाट भारततर्फ सुनको अवैध कारोवार गर्दै आएको प्रहरीको दावी छ ।