राजेन्द्र महतो
लहान साउन २२ गते।सिरहामा पोखरीमा डुबेर आज एक बालक को मृत्यु भएको छ। सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर स्थानीय रामेश्वर शर्माका ३ वर्षीय छोरा राज शर्मा को मृत्यु भएको हो।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासी सहित अभिभावकले ले उद्धार गरेर उपचारका लागि नरहा स्वास्थ्य चौकीमा पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएका छ्न।
बालकको शव पोस्टमार्टम को लागि रा उ अस्पताल लहान पठाइएको प्रहरी ले बताएका छन।