• राजेन्द्र महतो
    लहान साउन २२ गते।सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहले कोरोना भाइरस को नाममा भएको
    खर्च को विवरण सार्वजनिक गरेका छ्न ।
    सिरहाको को स्थानिय तहमा कोरोना को नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेपछि आज को बैठकमा १२ स्थानीय तह र दुई स्वास्थ्य कार्यालय ले खर्चको विवरण सार्वजनिक गरेका हुन।
    कोरोना भाइरस ( कोभिड -19 ) को नाम भएको
    खर्चको बिबरण मा सबैभन्दा बढि सिरहा नगरपालिका ले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैया र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेका छ्न ।
    त्यस्तै ,गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ,कर्जन्हा नगरपालिका ले -१ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैया , धनगढीमाइ नगर पालिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया ,
    ,लहान नगरपालिका ले १ करोड ९८ लाख ४० हजार ७८ रुपैया,मिर्चैया नगरपालिका ले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ,बिष्णुपुर गाउँपालिका ले ८८ लाख ६१ हजार ७ सय १० रुपैया ,बरियारपट्टि गाउँपालिका-१ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैया ,नरहा गाउँ पालिकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैया ,ल क्ष्मिपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैया र औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैया खर्च विवरण सार्वजनिक गरेका छन।
    त्यस्तै सिरहा का दुई स्वास्थ्य कार्यालय ले पनि खर्च सार्वजनिक गरेका छन।
    जिल्ला स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्बजनिक गरेका छ्न ।
    सिरहाका १७ स्थानीय तह मध्ये ५स्थानीय तहले कोरोना
    खर्च विवरण सार्वजनिक गरेका छैनन् ।खर्च विवरण सार्वजनिक नगर्नेमा कल्याणपुर नगरपालिका,सुखिपुर नगरपालिका सखुवानन्कारकट्टि गाउँपालिका,भगबानपुर गाउँपालिका र नबराजपुर गाउँपालिका रहेका छ्न ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…