•  

     

    पहिलो - मेरो एउटि नातिनी छिन , बिबाह गर्नको लागि लाएक कि छिन , B.ED गरेकि छिन , जागिर गर्छिन , उचाइ ५'२ इन्च छ । त्यस्तो कोही केटो तपाईंको नजरमा भए भन्नुहोस् ।
    दोस्रो - तपाईंको नातिनिको लागि कस्तो खाल्को परिवार चाहिएको हो?
    पहिलो - त्यस्तो केहि छैन , केटो M.ED/M.TECH गरेको होस् , आफ्नै घर होस् , कार होस् , घरमा AC होस् , आफ्नो बगैंचा होस् , राम्रो जागीर, राम्रो तलब होस् ।
    दोस्रो - अरु केहि ....
    पहिलो - अँ सबैभन्दा जरुरी , केटो एक्लो हुनुपर्छ , आमा बुबा दिदिबहिनी दाजुभाइ नभएको हुनुपर्छ । किनकि परिवार हुँदा झैझगडा हुन्छ ..... ।

    दोस्रो बृद्ध को आँखाभरी आँसु आयो , फ़ेरि आँसु पुछ्दै भने: मेरो एक साथिको नाति छ उसको दाजुभाइ दिदीबहिनिहरु छैनन् । आमा बुबा एउटा दुर्घटनामा पहिल्यै परलोग भैसके । राम्रो जागिर छ , राम्रो तलब छ , गाडी घोडा बंगला, नोकर चाकर छन् ...... ।
    पहिलो - त्यसोभए सम्बन्ध पक्का हुन्छ त....

    दोस्रो - तर त्यस केटाको पनि एउटा शर्त छ , केटि पक्ष तिर पनि आमा बुबा , दाजुभाइ , दिदिबहिनी या कोही आफन्त नहोस् । भन्दैगर्दा बृद्ध को गला भरिन्छ ..... फ़ेरि भने ... यदि तपाईंको परिवार ले आत्महत्या गर्नुभयो भने कुरा पक्का मिल्छ । ... तपाईंको नातिनिको बिबाह उ सँग हुन्छ र नातिनी पनि खुशी हुन्छे.. ।
    पहिलो - यो के बकवास कुरा गरेको , हाम्रो परिवारले किन गर्नु आत्महत्या .... भोलिको दिनमा उसको सुख दुःखमा उसलाई साथ कसले दिन्छ

    ......
    दोस्रो - वाह मेरो साथी , आफ्नो परिवार , परिवार हो , र दोस्रो को केही हैन ..... मेरो साथी आफ्नो छोराछोरीलाई परिवारको महत्त्व बुझाउनुहोस् .. घरको साना-ठुला सबै आफ्नाको लागि जरुरी हुन्छ ।
    नत्र मान्छे दु:ख र सुखको महत्त्व नै बिर्सन्छन ।
    पहिलो बृद्ध लाजले केही बोल्न सकेनन् ।
    साथिहरु परिवार छन भने , जिबनमा हरेक कुरा खुशी लाग्छन.. तर परिवार नै छैनन् भने को सँग आफ्नो दुख-सुख बाड्नु ।।
    ******

    सन्तोष कार्की मौसुफ

    साथिहरु पोस्ट कस्तो लाग्यो...
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …