• राजेन्द्र महतो

    लहान साउन २३ गते।सिरहामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका एक युवकको मृत्यु भएको छ ।
    सिरहाकाे गोलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको हो।
    किडनीको बिरामी रहेका उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताएका छ्न।
    गत तीन वर्ष देखि किड्नीको समस्या रहेका ती युवक को बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियोे ।
    ती युवक शव बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सिरहा ल्याउने तयारी भैरहेको छ ।
    उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला  स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले बताएका छन।
    कोरोना भाइरस बाट मृत्यु भएको सिरहामा यो पहिलो हो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…