• राजेन्द्र महतो
    लहान साउन २३ गते। सिरहाको लहान नगरपालिकाले आज शुक्रबार राति १२ बजेदेखि आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लहान
    नगरपालिकाले आज शुक्रबार साउन २३ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय गरेको हो
    यो अवधीमा अति आवश्यक पसल बिहान ८ देखि ११ बजेसम्म पसल खोल्ने र अन्य पसलहरु बन्द गर्ने निर्णय भएको लहान नगरपालिका क प्रशाकिय अधिकृत खेमनन्द भुसालले बताएका छन।
    नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अति आवश्यकबाहेकका सवारी साधन चल्न नदिइने, सबै किसिमका हाट बजार बन्द गर्ने, चिया पसलदेखि कोरोना रोकथामसँग सम्बन्धित काम भएकाबाहेकका सबै होटल र रेष्टुरेन्टसमेत बन्द गर्ने निर्णय भएको प्रशाकिय अधिकृत भुसालले बताएका छन ।
    वहाले पछिल्लो पटक लाहान नगरपालिकाभित्र २६ जना कोरोना संक्रमित पाइएपछि यसको रोकथामका लागि लकडाउन लगाउने निर्णय भएको बताएका छन।
    त्यस्तै गोलबजार न. पा. ले पनि आज साउन २३ राती मध्याह्न १२ बजे देखि २०७७/४/३२ सम्म को लागी न. पा. क्षेत्र भित्र का अति आबश्यक सेवा संग सम्बन्धित बाहेक सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको गोलबजार नगरपालिका का नगर प्रमुख देवनाथ साह ले बताएका छन।
    यसअघि सिरहाको मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन गरिसकेको छ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…