शुक्रबार ३० साउन, २०७७
पाँचथर हाङ्गुम निवासी १६ बर्षिया सरस्वती श्रेष्ठ बिगत ४ बर्ष अगाडि गोठालो जाने क्रममा भिरबाट लडेर मेरुदण्डको हड्डी भाच्चिएको थियो ।
कम्मर देखि तल शरीरको कुनै पनि भाग नचल्ने सरस्वती उर्लाबारी स्थिति उपचारको क्रममा दिदी भेनाको घरमा बस्दै आएकी श्रेष्ठलाई आर्थिक अवस्था न्यून रहेको कारणले सरस्वती को उपचार गर्ने क्रम ढिलो भएको र संचार मिडियाबाट सुचना प्रबाह नहुनु सरस्वतीको दुर्भाग्य थियोे ।
सामाजिक संजाल Samjhana Tamang फेसबुक आइडिबाट सरस्वतीले आफुलाई बचाउन सहयोगको अपिल गरेपछि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको Samjhana Tamang फेसबुक लाइभमा बताउछिन ।
विभिन्न सामाजिक मिडियाहरुमा सरस्वतीले आफुलाई बचाउन सहयोगको अपिल गरेपछि लेटाङ निवासी सामाजिक अभियान्ता शान्ति पाख्रिनले निज निवासमानै पुगेर रु १०००० /-
( दश हजार) सहयोग गरेका थिईन । त्यतिमात्र होइन शान्ति पाख्रिन सरस्वती श्रेष्ठको थप उपचारका लागी स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा पुगेर सहयोग गर्न भ्याईन ।
भनिन्छ नि सेवा गर्ने हात हुदैन खालि यहिँ भनाईको चित्रण गरेकी छिन पाख्रिनले ।
प्रदेश नम्बर १ का संसद कुल प्रसाद साम्वा सहयोग रकम हस्तान्तरण गर्न स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा पुगेका थिए ।
मोरङस्थित बेलबारी निवासी रोमन बाम्बु राईको संयोजकत्वमा संङ्कलन भएको रकम र संसद साम्वाद्वारा थप सहयोग गरि
जम्मा रु, १५२०००/- ( एक लाख बाउनहाजार ) रकम अस्पतालमा नै पुगेर साम्वाको हातबाट श्रेष्ठको दिदी पुजा लाई उक्त
रकम हस्तान्तरण गरिएको हो ।
गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी सरस्वतीलाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा राखेर स्पाइनल इन्जुरी सञ्चालन सम्वन्धी सबै कुरा सिकाइने र त्यसपछि उनी आत्मनिर्भर भई समाजमा पुर्नस्थापना हुन सहयोग पुग्ने केन्द्रका पदाधिकारीहरुले बताएका छन् । उनको स्पाइनल इन्जुरीको उपचार ३ महिना बढी गर्नु पर्ने बताइएको छ ।