शनिबार ३१ साउन, २०७७
लेटाङ । नेपाली कांग्रेसको आगामि १४ औ महाधिबेशन नजिकिए जादा काङ्ग्रेसको विभिन्न स्थानिय तह देखि केन्द्रीय तह सम्ममा नेतृत्व कसले लिने भन्ने बहस सुरु भएको बेला नेपाली कांग्रेस लेटाङ नगर कार्यसमितिको सभापतिमा "युवाको नेतृत्व,काङ्ग्रेस को अस्तित्व"भन्ने मान्यतालाई आत्मासाथ गर्दै पार्टीलाई समय सापेक्ष गतिशिल बनाउदै लैजानका निम्ति उर्जाशिल र सक्षम युवा शक्तिले नेतृत्व लिनुपर्छ भन्ने मुख्य आसयका साथ लेटाङ नगरपालिकामा नेपाली कांग्रेस नगरसभापतिको उमेद्धवारका रुपमा लेटाङ काङ्ग्रेसका लोकप्रिय युवा नेता तथा वर्तमान नगरसमितिका सचिव कुवेर पौडेलले आफुलाई शसक्त उमेद्धवारका रुपमा उभ्याएका छन् ।
बिगत स्थानिय निर्बाचनमा आफ्नो वार्ड तथा समग्र लेटाङ नगरपालिकामा काङ्ग्रेसलाई चुनाब जिताउनका लागि अग्रपंक्तिमा रहेर सफल भुमिका निर्वाहा गर्दै हाल कांग्रेसको नगरसमितिमा सचिवको भुमिकामा सकृय रहेर काम गरिरहेका कुबेर तत्कालिन जाँते गाँउ समितिको सदस्य तथा सचिव पदमा रहि जिम्मेवारी समेत सम्हाली सकेको बिगत अनुभव उनमा रहेको देखिन्छ।
राजनीति संगै ब्यवसायीको रुपमा पनि सफल देखिएका पौडेल जातेमा समाजसेवाको कार्यमा समेत सम्लग्न रहदै आएका छन् ।कुनै पनि योजना वा आफ्नो जिम्मेवारी लाई धर्यता,सफल रणनीति र परिणाम मुखी ढङ बाट अगाडि बडाउने बिशेशता बोकेका कारण उनी अहिले सम्म आफ्नो कार्यमा सफल देखिएका छन्। उनले जाँते बजारमा जाँतेली ब्रदर्स ट्रेडर्स संचालन गरिरहेका छन् । ब्यवसायीको हकहितका लागि काम गरिरहेको उद्योग वाणिज्य संघ लेटाङको सचिव समेत रहेका पौडेल विभिन्न संस्थामा समेत आवद्ध छन् ।
प्रस्ट बक्ताको रुपमा रहेका सबै सङ मिलनसार व्यबहार गर्न सक्ने पौडेल लेटाङका युवाहरुले रुचाएका नेता हुन । कांग्रेस बृतले युवा नेतृत्वमा पार्टी लाई एकीकृत गर्दै आउने नया चुनौतीहरु सङ मुकाबिला गर्न सक्ने युवा नेताको खाँचो औल्याईरहदाँ पौडेलको उमेद्धवारी दिने कुराले नया आशा पलाएको चर्चा हुन थालेको छ। उनि सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । स्थानिय नमुना साकोसका अध्यक्ष रहेका उनि नेपाली काँग्रेस पार्टीको सङठानिक समृद्धि को लागि आफ्नो उम्मेद्बारी रहेको बताउछन् ।