साउन ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २६ हजार ०१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
११ हजार ४७ जनाको स्वाव परिक्षण गरिएकोमा ४६८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म नेपालमा ४ लाख ९४ हजार ६१३ जनाको पिसिआर विधिबाट परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म १०२ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट थप १२४ जना डिस्जार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १७ हजार २०१ निको भएर घर फर्किएका छन् । हाल क्वारेन्टाइनमा १४ हजार ४४८ जना रहेका छन्