• आइतबार ३२ साउन, २०७७

    अर्जुन जम्नेली राई
    मोरङ । प्रहरीले नियन्त्रणमा लिएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिको अध्यक्ष मौसम लिम्बूलाई नछाडे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    मोरङको पथरीशनिश्चरे नगरपालिका—३ मा जग्गाको बिषयलाई लिएर ईश्वरी सापकोटाले आफूलाई धम्कि दिएको भन्दै इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपछि शनिबार पक्राउ परेको छ । पक्राउ परेका लिम्बूलाई अभद्र व्यवहारमा मुद्धा दर्ता भएको प्रहरी प्रमुख दिलिपकुमार गिरीले बताए ।

    सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिको उपाध्यक्ष ज्ञानेन्द्र राई र सचिव कुवेरमान घतानीले आज ९साउन ३२० विज्ञप्ति प्रकाशन गरी चेतावनी दिएका हुन ।
    लिम्बूलाई तत्काल रिहाइ नगरे त्यसबाट आउने परिणामको जिम्मा उजुरी गर्ने ईश्वरी सापकोटा, स्थानीय सरकार र प्रहरीले लिनुपर्ने चेतावनी दिएका छन् । मौसम लिम्बू पक्राउ परेपछि शनिबार साँझ करिव तीन सय सुकुम्बासीहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए ।

    सुकुम्बासीहरुले आज पनि पथरीशनिश्चरे नगरपालिका र प्रहरी कार्यालय घेराउ गरेका छन् । नगरपालिकामा कोणसभा गरी उदय मादेन र ध्रुर्ब मगरले बोलेका थिए । कोणसभापछि नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टसँग सुकुम्बारी टोलीको छलफल भएको थियो ।

    छलफलमा सुकुम्बासीको तर्फबाट मित्रलाल राई, सुमिल योङहाङ लिम्बू र गंगा गहतराजको जग्गा ईश्वरी र उनको बाबु अभिकेशर सापकोटाले पास गरिदिनु पर्ने र लिम्बूलाई रिहाइ गर्न पहल गर्न माग गरेका थिए । नगरपालिकाको बैठकमा समितिको सदस्य पृतम लिम्बू, समसेर राई लगायत सहभागि रहेका थिए ।

    सुकुम्बासीसँगको छलफलमा जग्गा उपभोग गर्दै आएका राई, लिम्बू, गहतराजले पाउने गरी धनिपुर्जा दिलाउने जिम्मा आफूले लिने प्रतिबद्धता गरेको सुकुम्बासी साझा संस्थाको सचिव कुवेरमान घतानीले बताए ।

    नगरपालिकाले सुकुम्बासी सम्बन्धि पछिल्लो समस्या बारे अध्ययन गर्न वडा अध्यक्षहरु कपिलमणी ढकाल र बाबुराम दाहाललाई प्रतिनिधिको रुपमा पठाएका छन । नगरपालिकाको छलफलपछि करिव तीन सयको संख्यामा रहेको सुकुम्बासीहरु इलाका प्रहरी कार्यालय पथरीको गेट छेउमा गएर भूमाफियालाई कारबाही गर, प्रहरी दमन मुर्दावाद, मौसम लिम्बूलाई रिहा गर लगायतको नारा लगाएका नाराजुलुस गरेका थिए ।

    ईस्वरी सापकोटाको बाबु अभिकेशर सापकोटाले २०५४ सालमा उक्त स्थानमा एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । सापकोटा परिवारको अंश गर्ने बेलामा नाप्दा ९ कट्ठा नपुगेको ईश्वरी सापकोटाले बताउदै आएका छन३ । नगरपालिकाले तथ्याङक लिन २०७२ मा दोहोरो स्वामित्वहुने जग्गा धनि र सुकुम्बासी हरुलाई नाम दर्ता गराउन सूचना आव्हान गरेको थियो ।

    त्यो बेला भूमाफियाकै लाइनमा ईश्वरी सापकोटाले फारम भरेका थिए । सो कुरा थाहा पाएपछि सापकोटाको तीन सँधियारहरुले उक्त जग्गा आफू हरुलाई पास गरिदिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिलाई उजुरी दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…