• काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

    योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

    योसँगै कोरोनाले ज्यान गुमाउने १३७ पुगेका छन् ।

    काठमाडौं उपत्यकामा थपिए १८२

    पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका मध्ये काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    एकै दिन ११ को मृत्यु

    कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको सङ्ख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको छ ।

    पीसीआर परीक्षणमा तीन अर्ब १९ करोड

    सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ । प्रवक्ता गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ । एक जना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको उहाँले बताउनुभयो । एक जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…