• युएई । युएईमा केहि दिन अघि दलाल बाट कुटपिटमा परेका नेपाली लाई न्याय दिलाउन पहल गर्दै आएका एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालालाई नेपाल एसोसिएसनले निलम्बन गरेको छ ।

    काठमाडौमा रहेको तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीले बेलायत पठाइदिन्छु भनेर ६३ जना नेपाली संग लाखौं रुपैयाँ असुल गरि युएईमा ल्याइ अलपत्र पारेपछी पीडितहरुले उद्दारको लागि गैर आवासीय नेपाली संघ,र युएई स्थित नेपाली दूतावासलाई निवेदन दिएका थिए ।

     

    पीडितले निवेदन दिएको थाहा पाएपछि युएईमा रहेको दलाल श्याम थापाले केहि दिन अघि दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट गरेको थियोे ।

    आफ्नै सस्थाका प्रतिनिधिको उपस्थितिमा दलाल बाट कुटिएका पीडित लाई कानुनी उपचार खोज्न समेत रोक लगाईएको भन्ने आरोप लागेको र घटनालाई स्थानीय प्रशासनले समेत अनुसन्धान गरिरहेको हुँदा उक्त घटनाको छानबीन किनारा नलागे सम्मको लागि एनआरएनए, दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल , उपाध्यक्ष निराजन खत्रीलाई र संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरेको आरोपमा एनआरएनए, एनसिसी, युएईका उपाध्यक्ष नरेश सेनलाई एनआरएनए युएई निलम्बन गरेको थियोे ।

    सस्था बाट उनिहरुलाइ निलम्बन गरि आवश्यक छानबिन र पीडित लाई न्याय दिलाउन लागि परेका एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालालाई शुक्रबार नेपाल एसोसिएसन नामक सस्थाले एक बिज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको छ ।

    एनआरएनए युएईका पुर्व अध्यक्ष तथा नेपाल एसोसिएसनका प्रेसिडेन्ट रमेश श्रेष्ठ द्वारा हस्ताक्षरित बिज्ञप्तिमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले घटनामा तानिएका दुबई कमिटीका पदाधिकारीहरुलाइ निलम्बन गरेको, कारबाही गर्नु अघि नेपाल एसोसिएसन लाई जानकारी नगराएको,लेटरहेड प्रयोग अघि एनएका बोर्ड अफ डाइरेक्टर लाई जानकारी नगराइ कानुनको उलंघन गरेको , पत्रकार लाई प्रायोजन गरि समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…