• २०७७ भदौ ६ शनिबार
    काठमाडौं । अस्वाभाविक तथा आपराधिक घटना बढ्ने क्रमप्रति मातृभूमिका लागि नेपालीको गम्भीर ध्यानाकर्षण भएको छ ।

    मातृभूमिका लागि नेपालीले आज एक बक्तब्य जारी गर्दै पछिल्लो केही दिन यता नेपालमा भइरहेका अस्वाभाविक तथा आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।

    एक रहस्यमायी एबम् राष्ट्रद्रोही गिरोहले राष्ट्रिय झण्डा जलाउने र गृहयुद्ध निम्त्याउने स्तरका विभिन्न हरकत गरे लगत्तै मन्दिरका निर्दोष पूजारीको हत्या भएको सम्बन्धमा गम्भिर भएको हो । रौतहट जिल्लाको माधवनारायण नगरपालिका २ खेसरहिया स्थित राम मन्दिरका पुजारी एवम् महन्त श्रीराम साहको हत्या भएको घटनालाई हामीले देशमा धार्मिक सद्भाव ध्वस्त तुल्याउने र गृहयुद्ध निम्त्याउने नियोजित षड्यन्त्रको रुपमा लिएका छौं,मातृभूमिका लागि नेपालीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

    हिंसात्मक युद्धकालमा लोकप्रिय पंण्डित नारायण पोखरेल र हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीका हत्यारालाई उन्मूक्ति मिलेपछि नेपालमा धर्म बिरोधीहरुको मनोवल बढेको बढ्यै छ ।

    राष्ट्र, राष्ट्रियता, स्वधर्म, संस्कृती र राष्ट्रिय एकता बिरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा निम्ति सैह्य हुनेछैन । सरकारमा राष्ट्रप्रति अलिकति पनि समबेदना छ भने पुजारीका हत्यारालाई तुरुन्त पक्राउ गरि कानूनी कारवाहीको दायरामा ल्याइयोस भनी जोडदार माग गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।

    होइन भने धर्म बिरोधी सरकार नियोजित रुपमै यस्ता कुकृत्यमा सम्लग्न रहेको ठहर गर्दै उचित कारवाहीका निम्ति जनता आफै अग्रसर हुने चेतावनी दिन चाहन्छौं । त्यसैगरीे नेपालको राष्ट्रिय झण्डा जलाउनुको साथै राष्ट्रिय एकता, धार्मिक र जातिय सद्भाव भत्काउँदै गृहयुद्धको पृष्ठभूमि बनाउने देशद्रोहीहरूमाथी हदैसम्मको कानूनी कारवाही हुनुपर्छ भन्ने हाम्रो सङ्गठनको माग छ । यस्तो कुकार्यमा सम्लग्न ब्यक्तिहरूको खोजी गरि तिनलाई सख्त कारवाही गर्न र देशद्रोहीका पक्षमा बोल्नेहरूलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउन सरकार चुक्नु हुदैन भन्ने हामी ठान्दछौं ।

    देश बिरुद्ध सुरु भएका हरेक षड्यन्त्रमूलक गतिबिधिमाथी तुरुन्त नियन्त्रण नभए यसले कुनै पनि बेला गृहयुद्ध निम्त्याउन सक्ने र त्यसले जनजीवन मात्र असहज बनाउने नभै राष्ट्रिय अस्तित्व नै खतरामा पु¥याउने भएकोले सरकार गम्भीर बन्न सचेत समेत गराइएको छ ।

    बिज्ञप्तीमा भनिएको छ,त्यस्तै देशभक्त सबै नेपाली एकजूट हुन पनि अब बिलम्ब गर्न नहुने र सशक्त प्रतिरोधका निम्ति तयार हुनुपर्ने अवस्था आएकोले तम्तयार रहन हामी आम देशभक्त राष्ट्रप्रेमी समुदायमा आह्वान गर्दछौं ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…