• शनिबार १३ भदौ, २०७७

    राजेन्द्र महतो/रतोकलम
    लहान भदौ १३ गते।सिरहामा कोरोना बाट मृत्यु भएकी लहान न. पा. -९ खुटीपारीका ६५ बर्शिय वृद को शव नेपाली सेनाले कार्यविधि अनुसार व्यवस्थापन गरेको छ।

    सिरहाको श्री श्री गण चौहर्वाबाट खटिएको सेनाको टोलीले शुक्रबार राती १:३० बजे मृतकको शव लहान न. पा.-५ स्थित रहेको मुस्लिम समुदाय हरुको काव्रस्थान मा व्यवस्थापन गरेको हो।

    विहिवार कोशी अस्पताल विराटनगरमा उपचार गराउन पुगेकी उनको को कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिब चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा शुक्रबार मृत्यु भएको थियो ।

    त्यस्तै कोरोना बाट मृत्यु भएको सिरहाको सुखीपुर नगरपालिका -८ का ६५ वर्षिय ग्यास ब्यापारीको शव सुखीपुर नगरपालिका -८ महदेवा स्थित रहेको गागैन खोलामा नेपाली सेनाले शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अबरुद्ध गरेपछि सुखीपुर नगरपालिका -३ स्थित श्री जनता माध्यमिक विद्यालय सुखीपुरको जग्गामा शव व्यवस्थापन गरेका छन। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहीबार १९:३० बजे मृत्यु भएको थियोे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…