• शनिबार १३ भदौ, २०७७

    मोरङ । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले समाजलाई एक आपसमा बिभाजन ल्याउने शब्द र बिषय प्रस्तुत नगर्न सन्चार माध्यमहरुलाई आग्रह गरेको छ ।

    गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिकुल आलम
    प्रहरीको गोलि लागि मृत्यु भएको बिषयमा विभिन्न सन्चार माध्यमहरुले साम्प्रदायिक भड्काबलाई सहयोग पुग्ने शब्द प्रयोग भएको भन्दै फोनिज १ नम्बर प्रदेश समितिले सो आग्रह गरेको हो ।

    फोनिज १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा सुक्रबार सचिवालयको भर्चुअल बैठकमा सो बिषय माथि छलफल गरि निर्णय भएको महासचिव बिदुर खबासले बताए ।

    झापामा मुस्लिम समुदायले गोरु काटेको बिषयमा केहि रेडियो, छापा तथा अनलाइन र शोसल मिडियामा एकातर्फलाई उक्साउने ढंगले गौ हत्या गरेको, गाई नै काटेको जस्ता शब्द तथा बिषय प्रस्तुत भएको भन्दै त्यसो गर्न नहुने फोनिजले आग्रह गरेको हो ।

    कुनै समुदायलाई उक्साउने, भड्काउने र होच्याउने शब्द प्रयोग गर्नु पत्रकारिताको आचार संहिता बिपरित भएकोले यस्तो बिषय नियन्त्रण गर्न सरकार लाग्नुपर्ने फोनिज आग्रह गरेका छन । यस्ता बिषयमा समयमै संयमता नअपनाइए सामाजमा द्वन्द्व बढ्ने फोनिजको ठहर छ ।

    सचेत सन्चारकर्मी र मिडिया हाउसहरुले समुदायको धार्मिक, सास्कृतिक समास्याहुँदै आएको कानुन संशोधन गर्नतर्फ लाग्नुपर्ने फोनिजको धारणा रहेको छ । संघीय गणतान्त्रिक नेपाललाई संमृद्द निर्माणको लागि आम नेपाली एकले अर्कोलाई सम्मानको वातावरण बनाउनु पर्ने बिषयमा फोनिज प्रदेश १ को बैठकमा छलफलपछि निर्णय भएको उपाध्यक्ष भूमिका फ्याक लिम्बूले बताइन ।

    बैठकले साउन २७ गते २१ औं स्थापना दिवसमा भएको अन्तरकृया कार्यक्रमको समीक्षा, फोनिजको १४ जिल्लालाई कोरोना भाइरस बिरुद्द राहत रकम पुर्‍याउने र भावी योजनाको बारे छलफल भएको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…