२१ भाद्र २०७७
काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३८२ जनाको पीसीआर परीक्षण गर्दा २९० जना महिला र ६९० जना पुरुष गरी ९८० संक्रमित भएका छन् ।
काठमाडौं उपत्यकामा संक्रमित संख्या पनि घटेर ३५४ रहेको छ । काठमाडौंमा २९० तथा भक्तपुर र ललिपुरमा ३२–३२ जना संक्रमित भएका छन्