• काठमण्डौ / वैदेशिक रोजगारीका लागि गत नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कामगर्न गएका काभ्रेका
    बिष्णु बहादुर तामाङको सनिवार निधन भएको छ।

    मानसिक समस्यामा रहेका ३२ बर्षिय तामाङको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा निधन भएको कुवेत स्थित नेपाली दूतावासका द्वितिय सचिब श्रीकृष्ण सिलवालले जानकारी दिएका छन् ।

    तामाङलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिनको उपचार पछि फर्काइएको थियो। कम्पनी आवासमा फर्किए पछि पुन: समस्या देखिएर कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।

    उनको निधन बारे पुर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसंग समन्वय गरेर कानुनी प्रकृया शुरु गरिसकेको दूतावास स्रोतले जनाएको छ ।

    मृतक विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन् ।.

सम्वन्धित समाचार

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …