• गाउँका दुररुरान्त सम्म
    मानिसले पालेका अनगिन्ती
    आस्था र भरोसाका बर्कोहरु
    धरधरी मन बाट च्यातिएका छन् ।
    मन मर्‍यो लास बनेर आफैमा
    न त्यसलाई जलाउन मिल्छ
    चिता बनाए आर्यघाटमा पुर्‍याइ
    न निकालेर फाल्न मिल्छ जुठेल्नामा तिनलाइ।
    बाटोमा ढुङ्गो देखे ब्यापारी र्‍याल चुहाउदै
    बेचेर धेरै धन कमाउने कल्पना गर्छ
    कालिगढ त्यसमा मुर्ती कुद्ने बिचार गर्छ
    बटुवा त्यसलाई पन्छाएर बाटो हिड्न खोज्छ ।
    मृग बनमा घाँसका मुनाहरु संग रमाउछ्न्
    सिंह तिनिहरुको शिकार गरेर कराउछन्
    पानी पिउन गएको बेला सिंहलाई पनि
    गोहिले फेला पार्न सक्छन् कुनै बेला मारिन्छ्न्।
    गाउँ र शहरको बिभाजन त्यस्तै हुन्छ
    धनी र गरिबको सिमारेखा अनगिन्ती
    अब बर्गीकरण छोडेर मुल प्रवाह पनि
    सर्प र भ्यागुताको समन्वयमा लाग्यो भन्छन् ।
    मनमा च्यातिएको बर्को उद्रेको भए पो
    सिलाएर लगाउन सकिन्थ्यो कि शरीरमा
    ध्यारधुर फाटेको छ सबै तिर गाउँ बस्ती माथि
    घाम देखाएर कति झुक्याएर हिड्न सकिन्छ साथी ?
    धनबहादुर नाम राख्दा नै धनी हुने भए
    पिण्ड रोगीको नाम बलवान् लेख्दैमा के हुन्छ
    कालोलाई गोरे भनेर बोलाउदैमा सेतो हुदैन
    मक्कियो सबै आस्था अब आशा मरे सबै साथी।
    रात गएर उज्यालो हुन्छ ध्रुव सत्य हो
    सुर्य अस्ताए पछि बिहान झुल्किन्छ सास्वात
    यस्तै देखाएर बिचारले लुट्छ्न् राजनीतिक ठगहरु
    अब आफ्नो बिचार आफै प्रखर बनाउनु पर्छ।
    - देवराज कार्की

सम्वन्धित समाचार

"त्याग्नु पर्छ" नरेशले मानेको, धर्म मात्र, राष्टको धर्म मान्नेहरुलाई, नरेशले बोलेको, भाषा मा…

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी ओली शर्माप्रति व्यग्य गर्दै कविता सुनाएका छन्। माधव नेपाल…

युबराज बाउन नेउपाने जति रिसाए पनि जति खुसाए पनि मेरो मन भित्र को तिमी तिम्रो मन भित्र को म तिमी…

गरिबको छोरी  --*-- १४ बर्षिय उर्मिला छिमेकीको घरमा चुलाचौका बडारकुडार गरेर आफ्नो घरमा आइन् ।&nbs…