• काठमाडौं, १८ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा अब्बल काम गरेका कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनुपर्ने भन्दै जनस्तरबाट चर्को दबाब परिरहेको छ ।

    योग्य व्यक्तिलाई नियुक्ति दिनुपर्ने भन्दै कुलमानको पक्षमा चर्को आवाज जनस्तरबाट उठिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली जनताको आवाज सुन्नै चाहँदैन ।

    तर, कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने माग सुनुवाइ नगरे पनि राम्राराम्रा नियुक्ति दिएर पुरस्कृत गर्ने काममा भने ओली पछि पर्दैनन् ।

    उनको यो शैली उनकै पार्टीभित्र विवादित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३० गने डा.युवराज खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।

    प्रधानमन्त्रीले १५ दिन पनि नपुग्दै बिहीबार आफ्नै निर्णय उल्टयाउँदै उनलाई अमेरिकाको राजदूत बनाए ।

    आफैले आर्थिक सल्लाहकार बनाएको १५ दिनपछि नै प्रधानमनत्री ओलीले डा.खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरे ।

    प्रधानमन्त्री ओलीले डा.खतिवडालाई राजदूत नै बनाउनु थियो भने १५ दिनमै आफ्नो पूर्वनिर्णय उल्टयाएर अपरिपक्वता प्रदर्शन गरेको भन्दै नेकपा भित्रैबाट चर्को विरोध भइरहेको छ ।

    खतिवडाप्रति ओलीको किन यतिधेरै लगाव छ भन्ने प्रश्न पनि यतिबेला उठेको छ ।

    अर्थमन्त्रीका रुपमा उनको कार्यकाललाई सफल मानिँदैन ।

    तर, पनि ओली खतिवडालाई कुनै न कुनै लाभको पदमा राखिराख्न किन चाहन्छन् धेरैले बुझेका छैनन् ।

    अर्थमन्त्रीबाट राजीनामा दिएको १२ दिनपछि खतिवडालाई प्रधानमनत्ती ओलीले आर्थिक सल्लाहकार बनाए ।

    त्यसको १५ दिनमै उक्त नियुक्ति उल्टयाउँदै राजदूत बनाएपछि उनको खतिवडा मोह अस्वभाविक रुपमा प्रदर्शित भएको छ ।

    खतिवडा र ओलीको नाता केवल जिल्लावासीको हो । उनी नेकपाका नेता पनि होइनन्, देशान्तरमा उल्लेख छ ।

    तर, पनि ओली खतिवडालाई लाभ पुर्याउन किन मरिहत्ते गर्छन् ओली निकटकै नेताहरुले पनि भेउ पाउन सकेका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…