• थप आज १,३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६३३ सक्रिय सङ्क्रमित रहेका छन् ।

    काठमाडौँ उपत्यकामा ५३० थपिए

    काठमाडौँ उत्यकामा थप ५३० कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २९० पुरुष र २४० महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ६५६ पुगेको छ ।

    आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४०९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

    २१ को मृत्यु

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…