मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन ब्यबस्थापन सम्बन्धि एक दिने तालिम चलाएको छ ।
आफ्नो अगुवा उपभोक्ताहरुलाई वन ब्यबस्थापन सम्बन्धि थप जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए ।
सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वन बिकास सम्बन्धि बिरुवा उत्पादन, गोडमेल (छटनी, कटनी), वन राम्रो हुन आवश्यक तत्वहरु, जैविक विविधता, जंगलबाट मानव समुदायमा हुने उपयोगुमिता लगायतको बारेमा जानकारी दिएका थिए ।
हरियालीको कार्तिक २२ गते १५ औं साधारण सभाबाट नयाँ समिती चयन भएका छन । साधारण सभाबाट आएका नयाँ पधाधिकारी सदस्यहरु, उपसमिती र टोल प्रमुखहरुलाई वन ब्यबस्थापन सम्बन्धि तालिम दिइएको समितिका सचिव निर्मला चौहानले बताए । तालिममा ५० जना अगुवा उपभोक्ताहरु सहभागी भएको समूहको उपाध्यक्ष केसब दाहालले बताए ।
हरियालीले वैज्ञानिक वन ब्यबस्थापनमा २०७६ मा नेपालकै उत्कृष्ट घोषणा हुँदै गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरेका थिए ।