• कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो ।

    विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने बताउनुभयो । त्यसका लागि वडाभित्र सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

    कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ । आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ ।

    हाल इलाम नगरपालिका–७ जिल्लाभरिकै बढी सङ्क्रमित रहेको वडा हो । इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । वडाध्यक्ष श्रेष्ठले यस वडामा सङ्क्रमितको अवस्था बुझ्ने, उहाँहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताउनुभयो । साथै कोरोना सङ्क्रमित बाहिर हिँडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारवाहीका लागि सिफारिस गर्नेसमेत बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…