• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा भइरहेको टेन्सबर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगितामा सिरिजंगा फुटबल क्लब अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

    आज(मंगलबार)को खेलमा शिखर एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा लिगको उच्च अंक बनाएको हो ।

    पहिलो हापमा गोल रहित बराबरी भएको थियो । दोस्रो हाप सुरु भएको ९ मिनेटमा सिरिजंगा एफसीका खेलाडी मन्जिल खड्काले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
    पहिलो गोल भएको २ मिनेटमै जहरमान चेम्जोङ लिम्बू अर्को गोल थपेका थिए ।

    शिखर एफसीको तर्फबाट २९ औ मिनेटमा सौरेज राउतले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सिरिजंगा एफसीका खेलाडी जहरमान चेम्जोङ लिम्बू घोषित भए ।

    भोली(बुधबार) टेन नबोदय र वाईजीएफटी एफसीबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सहसंयोजक बिक्की राईले बताए ।

    लिग चरणमा सिरिजंगा एफसी ६ अंक सहित आफूलाई शीर्ष स्थानमा पुर्‍याएको हो । ए पोलमै रहेको हिमाअस हाइवेको २, शिखर हेरिका न्युस्टार एफसीको १-१ अंक रहेको छ ।

    बी पोलमा टेन नबोदय ३, बाईजीएफटी र द रिअल ब्रदर्स एफसीको १-१ अंक रहेको छ भने
    देबिजन्ज हालसम्म ० अंक रहेको छ ।

    दुबै पोलबाट लिग चरणमा बढी अंक प्राप्त गर्ने २-२ वटा टिम उपाधिको लागि नकआउट खेल्ने छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…