• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता आज(सोमबार)देखि दोस्रो चरणको खेल सुरु भएको छ ।

    दोस्रो चरणको पहिलो खेलमा हेरिका न्युस्टार र हेमाअस हाइवे फुटबल क्लबले १ बराबर खेल्दै अंक बाँडेको छ ।

    खेल सुरु भएको २१ औ मिनेटटमा हेमाअस हाइवेका आशिस गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हापको ३ मिनेटमै हेरिका न्युस्टारका स्टार खेलाडि मिन धिमालले गोल गर्दै बराबारी पु¥याएका थिए । खेलको म्यान अफ द म्याच हेरिका न्युस्टारका स्टार खेलाडि मिन घिमाल घोषित भए । म्यान अफ द म्याच नगरपालिका वडा नम्बर ३ का अध्यक्ष डम्बर चेम्जोङको हातबाट प्रदान गरिएको थियो । धिमाल ए डिभिजनको थ्री स्टारको खेलाडि हुन् ।

    प्रिमियर लिगको दोस्रो चरणको खेलमा हेमाअस हाइवेलाई बराबरमा रोकेपछि हाइवेको २ र हेरिका न्युस्टारको १ अंक भएको छ ।

    भोली मंगलबारको खेल सिखर र सिरिजङ्गा फुटबल क्लबबीच हुने आयोजक समितिको संयोजक संजिप गुरुङ्गले बताए । दुबै टिम ‘ए’ पोलको टिम हो । सिरिजङ्गा पहिलो चरणको खेल जित्दै ३ अंक प्राप्त गरेको टिम हो भने शिखर फुटबल क्लब हिमाअस हाइवेसँग बराबर खेल्दै १ अंकसहित दोस्रो चरणमा प्रबेस गरेको टिम हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…