• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिताको आज भएको खेलमा शिखर फुटबल क्लबलाई स्तब्द बनाउदै हेरिका न्युस्टार बिजयी भएको छ ।

    सुक्रबार भएको तेस्रो चरणको पहिलो खेलमा शिखर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै हेरिका न्युस्टार एफसी बिजयी भएको हो ।

    खेल सुरु भएको ६ मिनेटमा हेरिका न्युस्टारको खेलाडी बिबेक लिम्बूले निर्णायक गोल गरेका थिए ।

    नकाआउट चरण प्रबेश गर्न दुबै टिमलाईi प्रेसर भएको कारण मध्यन्तरपछिको खेल निक्कै रोमान्चित भएको थियो । यद्यपि हापटाइम पछि दुबै टिमले गोल गर्न सकेन ।

    खेलको म्यान अफ द म्याच हेरिका न्युस्टार कै खेलाडी महेन्द्र मगर घोषित भए ।


    खेल जितेसँगै हेरिका न्युस्टारले लिगमा ४ अंक बनाएको छ । शिखर भने अंक १ अंकमै सिमित भएको छ ।

    भोली(शनिबार) तेस्रो चरणको दोस्रो खेल हिमाअस हाइवे र सिरिजंङ्गा एफसीबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक संजिप गिरीले बताए ।

    दोस्रो चरणको खेल सकिदा समूह "ए"
    मा रहेको सिरिजंगा एफसी ६, हेरिका न्युस्टार ४, हिमाअस हाइवेको २ अंक र शिखर एफसीको १ अंक रहेको छ । आजको पराजयसँगै शिखर एफसी लिगबाट बाहिरिएको छ । हेरिका न्युस्टारले भने नकआउट चरणमा जान हिमाअस हाइवेको नतिजा कुर्नु पर्ने भएको छ ।

    त्यस्तै समूह "बी"मा रहेको टेन नबोदय ६, द रियल ब्रदर्स ४, बाईजीएफटी १ अंक रहेको छ । यो समुहका देविगन्ज एफसीले लिगको एउटा खेल खेल्न बाँकी भएपनी नकआउटमा जाने संभावना सकिएलो छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …