• अर्जुन जम्नेली राई

    मोरङ । देविगन्ज फुटबल क्लवले ३—२ गोल अन्तरमा वाइजीएफटीलाई पराजित गरेसँगै मोरङको पथरीशनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगितामा द रियल ब्रोदर्श एफसीलाई सहज भएको छ ।

    आज(आइतबार)को खेलमा मध्यन्तर अघि वाइजीएफटीका खेलाडिहरु अबय लिम्बू र रोशन न्यौपानेले गोल गरेका थिए । देविगञ्जको तर्फबाट मध्यन्तर अघि गोबिन गुरुङले १ र मध्यन्तरपछि शन्तोष न्यौपानेले २ गोल गरेका थिए । खेलको म्यान आफ द म्याच देविगञ्ज एफसीका खेलाडी शन्तोष न्यौपाने घोषित भए ।

    No description available.

    भोल (सोमबार) लिगको अन्तिम खेल टेन नवोदय र द रियल ब्रदर्श एफसीबीच हुने आयोजक समितिको सहसंयोजक बिक्की राईले बताए ।

    समूह ‘बी’बाट एक खेल खेल्न बाँकी छदै टेन नवोदयको ६ र द रियल ब्रदर्सको ४ अंक रहेकोले दुबै टिम नकआउट चरणमा प्रवेश गरिसकेको हो ।

    देविगञ्जको जितसँगै वाइजीएफटी र देविगञ्ज दुबै टिम समूह चरणबाट बाहिरिएका छन । एक खेल खेल्न बाँकी द रियल ब्रदर्श एफसी अंकको आधारमा समूह चरण पार गर्दै नकआउट खेल्ने निश्चित भएको हो ।

    No description available.

    समूह ‘ए’बाट सरिजंगा र हेरिका न्युस्टार फुटबल क्लव नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

    मोरङको पथरी शनिश्चरेमा भएको पहिलो लिग कम नकआउट फुटबल खेलमा
    सरिजंगा, हेरिका न्युस्टार, टेन नवोदयको र द रियल ब्रदर्श एफसी सेमी फाइन खेल्ने पक्का भएको छ भने वाइजीएफटी, शिखर, हिमाअस र देविगञ्ज बाहिरिएका छन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …