• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग—२०७७ को उपाधिको लागि शिरिजंगा, द रियल ब्रदर्स, टेन नवोदय र हेरिका न्युस्टार फुटबल क्लवबीच प्रतिस्पर्धा गर्ने भएको छ ।

    No description available.

    आज(सोमबार) भएको लिग चरणको अन्तिम खेलमा टेन नवोदायलाई १—० गोल अन्तरले पराजित गर्दै द रियल ब्रदर्श एफसी समूह बिजेता बनेको छ ।

    लिग चरणको अन्तिम खेलमा द रियल ब्रदर्शका लागि १५ औं मिनेटमा डम्बर मगरले हानेको गोल नै निर्णायक बन्यो । अगाडिको दुबै खेल जितेको टेन नवोदयको अपराजित यात्रा रोक्दै द रियल ब्रदर्श समूह बिजेता भएको हो । खेलको म्यान अफ द म्याच विजेता द रियल ब्रदर्शका खेलाडि दिपेन माझी घोषित भए ।

    No description available.

    समूह चरण पार गर्दै ‘ए’बाट शिरिजंगा ९, हेरिका न्युस्टार ५, समूह ‘बी’बाट द रियल ब्रदर्श ७ र टेन नवोदय ६ अंकसहित उपाधि जित्ने होडमा सेमी फाइनल प्रबेश गरेको हो ।

    No description available.

    सेमी फाइनल खेल पर्सि (पुस ८) ‘बी’बाट समूह विजेता द रियल ब्रदश भर्सेज हेरिका न्युस्टार र ९ गते समूह ‘ए’ बिजेता शिरिजंगा भर्सेज टेन नवोदय एफसीवीच प्रतिष्पर्धा हुनेछ । हेरिका न्युस्टार ‘ए’ र टेन नवोदय ‘बी’को उपबिजेता हो । खेलको फाइनल पुस ११ गते हुने आयोजक समितिको संयोजक संजिप गिरीले बताए ।

सम्वन्धित समाचार

 जानकी (बाँके), १७ कात्तिक : ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीब…

 काठमाडौँ, २० भदौ : नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितक…

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…