• अर्जुन जम्नेली राई

    मोरङ । संसद बिघटन जस्तो असबैधानिक कदम चालेको विरोधमा सोमबार साँझ कांग्रेस सम्बद्ध नेपाल तरुण दल पथरी शनिश्चरे नगर समितिले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

    सोमबार साँझ करिव ५ बजे पार्टी कार्यालय हुनुमान चौकबाट झण्डा ब्यानरसहित निस्केको ¥याली पथरी बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोक पुगेको थियो ।

    ‘सर्वसत्तावादी ओली सरकार मुर्दावाद, असबैधानिक कदम खारेज गर’ ‘केपी तेरो पाराले दुःख पायो साराले’, ‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरी’ जस्ता नारा लगाउदै करिव तीन सयको जुलुस लोकतान्त्रिक चोक आइपुगेका थिए ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकोमा विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।

    कोणसभामा पार्टीको महासमिति सदस्य बसन्त भट्टराईले ओलीको असबैधानिक कदम खारेज गर्नुपर्ने विचार राखेका थिए । राष्ट्रपतिले ओलीको कार्यालय सचिव जस्तो भएर काम गरेको बताए । खड्ग ओली भ्रष्टचारको नाइके भएको आरोप लगाउदै जनतालाई बाराम्बार धोका दिदै आएको बताए । भ्रष्टचार लुकाउन संसद बिघटन गरेको आरोप लगाए । भट्टराईले संसदीय व्यवस्था मान्ने कम्युनिष्ट नहुने बताए ।

    नेपाल तरुण दलको नगर सभापति शन्तोष कटुवालले ओलीको असवैधानिक कदम खारेज नभएसम्म तरुण दल आन्दोलनमा रहने बताए । जुनसुकै पार्टीको नेतृत्वमा सरकार भएपनि भ्रष्टचार विरुद्ध लागिरहने बताए ।

    No description available.

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…