• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा मात्र होइन फुटबलप्रति चासो राख्नेहरुका लागि १ नम्बर प्रदेश र देश/बिदेशमा सिरिजंगा फुटबल क्लबको चर्चा छ ।

    खासमा सिरिजंगाहाङ किरात लिपीका प्रवर्तक हुन । किरात लिपि र संस्कार सिकाउने क्रममा तत्कालीन गोर्खाली शासकहरुले लखेटेपछि केही चेलाहरुसहित सिक्किम पुगेर त्यहाँ पनि किरात लिपि र संस्कार सिकाउने क्रममा उनको भीक्षुहरु प्रयोग गरेर हत्या गरिएका सहिदको नाम हो सिरिजंगा ।

    No description available.

    मोरङ पथरी शनिश्चरे-३ मा यीनै किरात लिपीको सर्जक सिरीजंगाको नाममा २०६० मा क्लब स्थापना भयो । देउसी भैलोमा रकम संकलन गरेर सामाजिक कार्यको साथै युवाहरुको ब्यक्तित्व, नेतृत्व बिकासमा लाग्दै आएका थिए ।

    नगरमा पथरी शनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिता हुने भएपछि खेलमा सहभागी हुन अफर आयो । आयोजक सदस्य समेत रहेका राष्ट्रिय खेलाडी दीपक राईले लिगमा भाग लिन अफर गरेपछि पथरीशनिश्चरे नगरमा हुने एतिहासिक फुटबल लिगमा सिरिजंगा फुटबल क्लबको नाममा सहभागी हुने निर्णय भएको क्लबका अध्यक्ष किशोर केरुङ लिम्बूले बताए ।

    No description available.

    लिगमा सहभागी हुने आठ वटा टिममा खेलको सन्तुलन मिलाउन आयोजकले एक एक जना मार्की (सिनियर) प्लेयर चिट्ठा मार्फत दिए ।

    हरेक क्लबले १८ जना खेलाडी १४४ बाट डाक बढाबड(अक्सन)मा किन्नु पर्ने भयो । अक्सनमा पथरीशनिश्चरे-३ का खेलाडीहरु पनि राखिएका थिए ।

    सिरिजंगा फुटबल क्लब (एफसी)का ब्यबस्थापक (मेनेजर) सरोज योङ्हाङ लिम्बूले भने "अन्य क्लबहरुले छाडेका आँखा नपरेका आफ्नै गाउँका खेलाडीहरु हामिले लियौ ।"

    मोरङको पथरीशनिश्चरे नगरमा २०७७ मंसिर २५ देखि पुस ११ सम्म टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिता भइरेको छ ।

    यो प्रतियोगिताको लिग चरणमा शिखरलाई २-१ हेमाअस हाइवेलाई ३-० र हेरिका न्युस्टारलाई १-० गोल अन्तरले सरासर जितेपछी यतिबेला सिरिजंगा एपसीको चर्चा चुलिएको हो । लिग चरणमा अपराजित यात्रा तय गर्दै सिरिजंगा समूह बिजेता मात्र बनेन लिगमै सबैभन्दा बढी अंक ९ प्राप्त गर्ने क्लब बन्यो ।

    No description available.

    सिरिजंगा एफसीमा सुबास तामाङ, कबि राई, जहरमान लिम्बू, नवीन धिमाल, सनम धिमाल, दिलकुमार याक्सो, जितबहादुर लिम्बू लगायतका खेलाडीहरु र अशोक खत्री गोल रक्षक (किपर)रहेका छन ।

    लिग कम नकआउट भएकोले मंसिर ८ र ९ गते नकाअउट खेल हुँदैछ । नकआउटमा सिरिजंगा र टेन नवोदय एफसीसँग भिड्दै छ । टेन नवोदयपनि लिगको तीन मध्ये दुई वटालाई जितेर नकआउटमा आएको बलियो टिम हो । यसैगरी द रियल ब्रदर्श र हेरिका न्युस्टारवीच सेमि फाइनल खेल हुंदैछ ।

    No description available.

    सिरिजंगाले सरसर जित्नुमा मुख्य भूमिका खेलाडीहरुको मेहनत र अनुशासन भएको टिम मेनेजर सरोज लिम्बूको भनाई छ ।

    अक्सनबाट नगरभरीका खेलाडीहरु किन्न पाउने भएपनी ३ जना बाहेक सबै सिरिजंगा टोल वरिपरिको होम सेट तयार गरेको उनले बताए ।

    सिरिजंगा एफसीको मुख्य अनर मनोज आङ्बुहाङ लिम्बू रहेका छन । टिम कोच शन्त आङदेम्बेका छन । कोच, कप्तान सुबास तामाङ र खेलाडी कबि राईले खेल सुरुहुनु अघि करिव १५ दिन क्लोज क्याम्प(बन्द प्रशिक्षण) गराए ।

    प्रशिक्षणमा खेलाडीहरुलाई चना,अन्डा, दूध, स्याउ र केरा डाइटको साथमा ट्र्याक सुट, जर्सी सेट, बुट गर्दा २ लाखको अनुमान गरेपनी यातायत अन्य खाना नास्ता गर्दा खर्च बढेर गएको मेनेजर लिम्बूको भनाइ छ ।

    लिग सुरुहुनु पूर्ब झापाको दमक, मोरङको बेलबारी र लक्षिमार्गमा पाँच वटा मैत्रीपुर्ण खेल खेलाएको टिम मेनेजर सरोज योङहाङ लिम्नूले बताए ।

    "मैत्रीपुर्ण खेलहरु त जित्यौ तर लिग खेल्ने अन्य टिमहरु देशकै स्टार खेलाडीहरुले भरिएकोले जित्छौ भन्ने चाहिँ थिएन ।" मेनेजर योङहाङ भन्छन "हाम्रो गाउँ नगरको दुरदराजमा पर्छ, अन्य क्लबहरुलाई पनि सिरिजंगालाई जितिहाल्छौ भन्ने थियो होला ।"

    गोलको आँखा हुदैन भन्ने उखान जस्तै खेल यसैले जित्छ भन्न त सकिन्न तर क्लबहरुको हालसम्मको पर्फमेन्स हेर्दा उपाधी हाता पार्ने धेयले खेलाडी, कोच र क्लबले रणनीति तयार परेको सिरिजंगाको अनर मनोज आङबुहाङले बताए ।

    लिग चरण जित्दै गएपछि ३ नम्बर वडामा एक प्रकारको खुसी छाउनुको साथै क्लबको जर्सी लगाएर युवा युबतिहरु सेल्फी खिच्ने, टिकटक बनाएर सामाजिक सन्जालहरुमा पोष्ट गर्ने प्रचलन बढेको छ ।

    सिरिजंगाको जितको लागि शन्त फ्याउदेन (बहराइन), बीरेन्द्र तुम्बापो (कुबेत), ओम प्रशास केरुङ (साउदी अरब), काबुलबहादुर मगर(बिकास) अध्यक्ष हरियाली साबउस मोरङ, सुरज शेर्मा, शन्त आङदेम्बे लगायतले सुबेक्षासहित सहयोग गर्दै आएको टिम मेनेजर लिम्बूले बताए ।

    No description available.

    प्रथम पथरीशनिश्चरे फुटबल लिग टाइटल दाबेदार सिरिजंगा फुटबल क्लब रहेको-३ नम्बर वडामा फुटबल मैदान छैन । इँटा उद्योगको खाली जग्गामा रहेको खाली भूगागमा यी खेलाडिहरु बिकास भएको हो ।

    हिउदमा धुलो र बर्षामा हिलो हुने तीनै इटा उद्योगको खाली जग्गामा जन्मिएका खेलाडीहरु अहिले लिग कै उपाधी जित्ने दाबेदारीमा पुगेका हुन ।

    त्यहाँ ११ साइजको मैदान नभएकोले लिग सुरुहुनु पूर्ब खेलाडीहरुलाई उर्लाबारी नगरपालिकाको मंगलबारेमा अभ्यास
    गराएको टिम मेनेजर सरोज लिम्बूले बताए ।

    सिरिजंगा टोल नगरपालिकाको अभेगमा भएपनि फुटबलको ठूला प्रतियोगिताहरु हुँदा हेर्न क्लबले प्रोजेक्टर किनेको छ । नेपाल र विस्वको फुटबल प्रतियोगिता हुँदा क्लबले प्रोजेक्टर मार्फत खेल देखाउने गरेको छ ।

    फुटबल मैदान नभएपनि कुमारी तुम्बापो लिम्बूको स्मृतिमा क्लबलाई डेढ कट्ठा जग्गा प्राप्त भएपछि फुटसल कोट निर्माण अन्तिम चरणमा भइरहेको छ ।

    किरात लिपिको सर्जक सिरिजंगाको सन् १७४१ मा पश्चिम सिक्किममा हत्या गरिए पनि उनको योगदानलाई भुलिएको छैन ।

    सिरिजंगाले सिर्जना गरेको लिपीलाई सिरिजंगा/किरात लिपि भनिन्छ । उक्त लिपि किराती समुदायले प्रयोग गर्दै आएका छन ।

    उनको सम्मानमा विभिन्न स्थनमा मूर्ति राख्नुको साथै नेपाल करकारले हुलाक टिकट प्रकाशन गरेको छ भने कक्षा १० को पाठ्यक्रममा उनको योगदान बारे पढ्न पाइन्छ छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …