मोरङ । मोरङको कानेपोखरी–२, पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
शनिबार कानेपोखरी मिडिया प्रा.ली.को आयोजनामा शिक्षा विकास माबिको हलमा भएको कार्यक्रममा माबिको कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई पत्रकार र पत्रकारिता सम्बन्धी जानकारी दिने उदेश्यले आयोजन अभिमुखीकरण कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष पत्रकार अर्जुन जम्मेली राई, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई र स्वतन्त्र पत्रकार केशव निरौलाले सहजिकरण गरेका थिए ।
समाजिक सञ्जालहरु र मिडियामा सार्वजनिक गर्न मिल्ने र नमिल्ने बिषयहरु, अप्रमाणित विषयहरु सार्वजनिक गर्दा हुने दण्ड सजाय, छापा, रेडियो र अनलाइन पत्रकारीता र उद्घोषण कला सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।
समापन कार्यक्रम २ नं. वडा अध्यक्ष सुशिल बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयको प्रधानाध्यपक रुद्र निरौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कार्कीले कार्यक्रम सम्बन्धी विचार राखेका थिए ।
कानेपोखरी मिडिया प्रा.लि.का संचालक सदस्य अशोक फुयलको सभापतित्वमा भएको कार्यक्रममा सहभागीको तर्फबाट सिर्जना कार्की र दुर्गा प्रसाद खतिवडाले अभिमुखीकरण कार्यक्रम बारे आफ्नो अनुभव राखेका थिए ।