मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बताएका छन् ।
आज (बिहिबार) पथरीशनिश्चरे नगरमा आयोजित तमु लोसार कार्यक्रममा बोल्दै मन्त्री यादबले सो कुरा बतएका हुन ।
नेपाली जनताको आन्दोलनले स्थापित गरेको संघीय राज्य व्यवस्थाले सिंहदारबाट सात प्रदेश र स्थानीय तहसम्म शासन केन्द्र स्थापना गरेको बताए । मधेशी समुदायियको राष्ट्रियता नेपाली रहेको बताउदै राज्यले हिमाल, पहाड र मधेशलाई समान ढंगले व्यबहार गरेमात्र राष्ट्रियता बलियो हुने बताए । नेपालमा सजातीय (एक जातीय) ब्यबहार कसैले गर्न नहुने बताए । मन्त्री यादवले गौतम बुद्धले प्रतिवादन गरेको सिद्धान्तको प्रशंसा गर्दै उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुयर्माराज राई लगायतले शुभकामना दिएका थिए ।