नेपाल सरकारले स्थानीय चुनावकाे घाेषणागरे संगै उम्मेदवारहरूकाे आकांक्षी बढ्दाे छ ।
यसै सन्दर्भमा आसन्न चुनावमा नेकपा एमालेबाट उर्लाबारी नगरपालिका ९ नम्बर वडामा अध्यक्षकाे बलियाे दाबेदार हुन सुरेन्द्र शेर्मा । पारिवारिक सहजताकालागि केहि वर्ष राजधानी बसेतापनि पार्टी प्रति बफादार र निरन्तरता भने छदैछ । बाल्यकाल र याैवन भने यसै स्थानमा बिताएका हुन शेर्माले । आफ्नो वडाकाे विकास र यहाँका वडावासीले पाउने हरेक सेवा सुविधालाई मध्यनजर गर्ने, आफ्नाे भन्दापनि वडावासीकाे जिवनस्तर अघि बढाउने लक्षरहेकाे बताउदै आगामी चुनावमा अध्यक्ष पदमा इच्छा जाहेरसंगै तामझाममा लागेका छन् । माेरङ उर्लाबारी नगरपालिकाकाे ९ वटा वडा मध्ये ९ नम्बर भनेकाे अन्य वडा भन्दा बाढीपीडित संगै दुर्गम क्षेत्र भन्दा दुईमत नहाेला ।
माेरङ जिल्लाकाे साविक राजघाट गाबिस हाल उर्लाबारी नगरपालिका ८ र ९ वडा बनेको हाे । साविक राजघाट नेकपा एमालेकाे बाहुल्यता वा पकड नै मान्न सकिन्छ । गत वर्षको स्थानिय तहकाे चुनावमा दुवै वडामा नेकपा एमालेकाे प्यानल नै आएकाे हाे । याे पटकपनि सहि उम्मेदवार शासक हैन सेवककाे धारणा राख्ने, आफ्नो उन्नति हैन वडावासीकाे हुनुपर्छ, वडा संगै वडावासीकाे विकास र हित चाहने एक मात्र उम्मेदवारकाे क्षमता भएका नेकपा एमालेबाट सुरेन्द्र शेर्माबाहेक बिकल्प देखिन्न ।