काठमाडौं । लांगटांग राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्यार्थीहरुले सरसफाई गरेका छन् ।
राजधानी स्थित गोल्डेन गेट कलेजमा विएस्सी संकायको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सरसफाई गरेका हुन् ।
विद्यार्थीहरुले दुई दिन लगाएर गोसाईकुण्ड ट्रेल रुटमा असरल्ल छरिएका फोहोरलाई संकलन गरेर वर्गीकरण गरेको शिक्षक दिपक खड्काले जानकारी दिए ।
विद्यार्थीहरुले संकलित फोहोरलाई कहिने,नकुहिने र इलेक्ट्रोनिक वेस्टलाई वर्गीकरण गरेका थिए ।
अनुसन्धानका लागि गरिएको सो कार्यमा त्यस क्षेत्रमा पर्यटकहरुका कारण गोसाई कुण्ड प्रदूषित भएको पाइएको विद्यार्थी अमृत पौडेलले बताए ।
रुसुवामा अवस्थित गोसाई कुण्ड रामसार क्षेत्रमा सूचिकृत छ ।