• नुवाकोट । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताएका छन्।

    जिल्ला समन्वय समिति नुवाकोटमा आज आयोजित कार्यालय प्रमुख र निर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारी अभावले सरकार सञ्चालनमा कठिनाई भएकाले चाँडै समस्या समाधान गरिने बताएका हुन्।

    “कर्मचारीलाई कुन ठाँउमा जान चाहेको हो, त्यसको आधारमा उनीहरुको रोजाइमा पन्ध्र दिनभित्रै पठाउन लागिरहेका छौँ”- उनले भने, “सरकारले रोजेको स्थानमा पठाउने नीति अवलम्बन गरेकाले राष्ट्रसेवक कर्मचारी भएर जान्न भन्नेलाई सधैँको लागि बिदा गरिनेछ।”

    “कर्मचारी र जनप्रतिनिधिलाई विशिष्ट कूटनीतिक भ्रमणबाहेक बाँकी सबै भ्रमण रोकेका छौँ”– उनले भने, ‘‘सरकारी अनुमति नलिई कोहीपनि कुनै बाहनामा अब विदेश जान पाउँदैन।”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…