• उर्लाबारी, ३० चैत्र । मोरङको मिक्लाजुङ–६ बेतिनीका बाढी पीडितहरुले खानेपानी र शौचालयको समस्या भएको बताएका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीले शुक्रवार आयोजना गरेको कार्यक्रममा बाढीपिडित गोपाल हुमागाईले तीन बर्षदेखि कठिन तरिकाले जिविकोपार्जन गर्दै आएको गुनासो गर्नुभयो ।

    तत्काल शौचालय र खानेपानीको उचित प्रबन्ध मिलाइदिन उहाँले आग्रह गर्नुभएको छ । स्थानीय मिक्लु सामुदायिक वनको खाली जग्गामा बसोबास गर्दै आएका २५ परिवार अझैसम्म घर फर्किन सकेका छैनन् । बाढी पीडितका समस्या समाधानका लागि पहलकदमी गर्ने उद्देश्यले मिक्लाजुङ गाउँपालिकाको साझेदारीमा बाढीपीडितहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । उर्लाबारीस्थित गोदावरी हस्पिटलको प्राविधिक टोलीले ४० जना बाढीपीडितहरुको स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक केशब खड्काले जानकारी दिनुभयो ।

    सोही अवसरमा नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष बुद्धिलाल निरौला, गोदावरी हस्पिटल प्रा.लि.का सञ्चालक प्रकाश चौहानलगाययतको उपस्थिति थियो । गाउँपालिका प्रमुख आचार्यले विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाका अघि बढिरहेको उल्लेख गर्नुभयो ।

    उहाँले मिक्लाजुङका अधिकांश भू–भाग पहाडी क्षेत्र भएका र सडक, खानेपानी, विजुलीजस्ता आधारभूत कुराहरु बढी समस्या रहेको बताउनुभयो । बाढी पीडितको समस्या जटिल रहेको उल्लेख गर्दै जतिसक्दो चाँडो समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो । यस्तै, वडाध्यक्ष बुद्धिलाल निरौलाले बाढीपीडितहरुको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।

    खोला तटबन्धन भएपनि अझै ढुक्क हुने अवस्था नरहेको उहाँको भनाई छ । कार्यक्रम सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको थियो । सोही अवसरमा क्लबद्वारा प्रकाशित २०७५ सालको क्यालेण्डर विमोचन पनि गरिएको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…