•  

    (लक्ष्मण चौलागाईं )

    नयाँ वर्ष २०७५ हाम्रो माझ आउनै लागिसक्यो।

    थोरै घन्टा पछि नेपाली पात्रोको सम्बत फेरिन्छ।

    पृथ्वीले एक चक्कर पूरा लगाउदा

    एक वर्ष पूरा हुने गर्छ।

    अनि नया साल आउने गर्दछ।

    अङ्कहरु बदलिएर…… सम्झिदै भन्नुपर्ला

    ०७४ साल संसदीय राज्यव्यवस्थाको लागि

    सुखद र उपलब्धिमुलक देखिन्छ भने

    संसदीय व्यवस्था प्रती आक्रामक

    नेकपाको दृष्टिकोणमा ०७४ विडम्बनाको वर्ष जस्तो लाग्छ।

    आज हाम्रो मुलुकमा दुई खाले सत्ता अझै छ।

    दुइटा सत्ताको राज्य सायदै

    साम्यवादी शासनमा अपवादको रुपमा रहने गर्छ।

     

    जसले अधुरो र अपुरो क्रान्तिको कारण पस्किन्छ।

    देश रोइरहदा हास्न खोजेको बेला

    अन्तरविरोध गरिरहेका छन।

    जसले तिक्तताको भरण पोषण गर्ने छनक देखिन्छ।

    तिक्ततामा सुशासन असम्भव सायदै अपवाद नहोला।

    देशमा दलाली,भ्रष्टचारीहरु रहुन्जेल

    विकासवादी नेताहरुको परिचय

    बौद्द जोरपाटी साखु सडक हेर्दा स्पष्ट हुन्छ।

     

    त्यस्तै नै विकास जनताले पाउँछन्।

    देश शान्त हुन सुन्दरताको पनि जरुरत पर्दछ

    तर पुरानो सत्ताको राजधानी

    काठमाडौंको सडक किनारामा फोहोरको डंगुर,

    जताततै प्लास्टिक जलाउदै गरेको दृश्यले

    मानविय सोचहरुको अभाव छाम्म्मिरहेका छन।

    संविधानले उल्लेख गरेका कुराहरु व्यवहारमा उतारिउन।

    भाषण भन्दा शासनको अपेक्षा गरिरहेका

    जनताले निराशाको पउरस्कार नपाउन ।

    नया वर्षको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ PBM क.प्रतीक्षालाई प्रश्न गर्दा उहाँ भन्नुहुन्छ ,"भीषण सक्रमणबाट आर्जित यो देश आफ्नो मुहार फेर्न आतुर छ।

    आफ्ना र आफन्तहरुबाट तड्पिएको यो देश साच्चै आत्मसन्तुष्टि हुन चाहन्छ।"

    साच्चै यो देश असन्तुष्ट छ,तड्पिएको छ अनि पुरानै मुहारमा क्षतबिक्षत मुहार बोकेर आफ्नो मुहारको सर्जरी मागिरहेको छ।

    नया सालले देशले मागेको कुरा पूर्ण गर्न लागिपरोस।

    सबैलाई हार्दिक शुभकामना।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…