न्यायको निम्ति लडाइहरु लड्नुपर्ने भयो
मुक्तिका निमित्त युद्धहरु बर्षौं लडिए
बिभेदका जराहरु उखेल्नुपर्ने भयो
समानताका कुरा मात्रै गरिए आज
यहाँ न बालिका सुरक्षीत छिन न छन कुनै छोरी चेली
अब त सुशासनका निमित्त लड्नै पर्ने भयो
बेहोसी तिम्रो कानुनलाई सच्याउदै
मुक्तिको आवाज बुलन्द गर्नैपर्ने भो
पिडाका घाउहरुमा मल्हम पट्टि लगाउन
ब्युझ न हो ब्युझ राजनेताहरु अब त अत्ति भो अत्ति
अब जाग्नै पर्ने भो
सुशासन हराएको देशमा एकादेशको कथा
कति सुन्नु हो कति सुन्नु हो