• वैशाख २५, सिन्धुपाल्चोक । युवा भनेका देशका, विकासका मेरुदण्ड हुन । ईच्छाशक्ति भएमा असम्भव पनि सम्भव हुन्छ । अब ठूलोसिरुवारी र वरपरका स्थानिय वासीहरुले विरामी परेर अकालमा मृत्यु भोग्नु पर्ने छैन किनकी स्थानीय युवाहरुले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स किनेका छन् ।

    ठूलोसिरुवारी गा.वि.स. वडा नं. ६ हाल चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलोसिरुवारीका युवाहरुले सामाजिक संजाल फेसबुकलगायतबाट रकम संकलन गरेर एम्बुलेन्स खरिद गरेका हुन् ।

    स्वदेश तथा विदेशमा रहेका युवाहरुका लागि ठुलोसिरुवारी विकास समाजको अगुवाइमा एम्बुलेन्स खरिदका लागि अभियान सञ्चालन गरिएको थियो । देश विदेशमा रहने गाउँका साथै वरपरका र मन भएकाहरु सबैलाई सञ्जाल मार्फत अनुरोध गरेर एम्बुलेन्स खरिद गरिएको हो ।

    एम्बुलेन्स खरिदका लागि ठुलोसिरुवारीका प्रत्येक घरबाट पनि रकम संकलन गरिएको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष नारयणप्रसाद गौतमले जानकारी दिए ।

    ठूलोसिरुवारीका प्रत्येक घरबाट एम्बुलेन्स खरिदका लागि सकेको सहयोग सबैले गरे,त्यसैले एम्बुलेन्स खरिदका लागि सहज भयो स्थानीय तारादेवी राणा मगरले भनिन् ।

    स्थानीयले सुरु गरेको धुरीकरबापत ६ लाख संकलन भएको थियो । सामाजिक सञ्जाल र धुरीकरबाट संकलन भएको रकममा नपुग रकम चौतारा नगरपालिका र वडा कायार्नलयले सहयोग गरेको चौतारा साँगाचोकगढी नगरपालिका १३ का वडाअध्यक्ष रामप्रासद गौतमले जानकारी दिए ।

     

    एम्बुलेन्स सञ्चालनका लागि आगामी दिनमा वडा कार्यालयले सहयोग गर्ने वडाअध्यक्ष गौतमले बताए । स्थानीयको सहयोगमा खरिद गरिएको एम्बुलेन्स सेवाको वडा अध्यक्ष रामप्रसाद गौतमले एक समारोहका बीच शुभारम्भ गरेका हुन। एम्बुलेन्स खरिद पछि यस भेगका ५ हजार बढीलाई फाइदा पुग्ने एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष गौतमले बताए ।

    एम्बुलेन्समा अक्सिजन सिलिन्डर समेत जडान गरिएको छ । एम्बुलेन्सलाई प्रभावकारी र सर्वसुलभ बनाइने एम्बुलेन्स सञ्चालक समितिले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…