• अर्जुन जम्नेली राई

    मोरङ÷कांग्रेसका नेता डा. रामशरण महतले रेल ल्याउन बिषयमा नेपालमा हावादारी बहस भइरहेको टिप्पनी गर्दै रेल भन्दा दूरदराजको कच्ची सडक कलोपत्रे गर्नुपर्ने बताएका छन् ।

    कांग्रेस निकट जीपी अध्ययन केन्द्रले आज (शुक्रबार) पथरीशनिश्चरे—१ मा आयोजित विचार गोष्ठि कार्यक्रममा डा. महतले कुरा बताउनु भएको हो । छिमेकी चीनबाट रेल ल्याउने बिषय अध्ययन, लागत, रेल ल्याउदा नेपालमा हुने फाइदा बेफाइदाको कुनै अध्ययन नगरी अनाआवश्यक बहस चलिरहेको उहाँको भनाइ थियो । ‘‘के रेल छिमेकी भारत वा चीनको सामान नेपाल भित्र्याउन र उनीहरूको व्यापार बढाउनको लागि मात्र ल्याउने हो ?’‘ छिमेकबाट रेल ल्याउँदा नेपालबाट के पठाउने ? डा.महत को प्रस्न थियो । ’’ चीनबाट रेल नेपाल ल्याउदा ३÷४ सय अर्ब रकम लाग्ने र प्राथमिकताको हिसावले रेलभन्दा दूरदराजको कच्ची सडक कालोपत्रे गर्न वाम सरकारलाई डा.महतको सुझाव थियो ।

    वर्तमान सरकारसँग विकासको कुनै मोडल नभएको उहाँको आरोप थियो । नेपालको कम्युनिष्टहरू लोकतन्त्र, पुँजीवादी अर्थतन्त्र लगायतको कांग्रेसको एजेण्डामा आएपनि सकारात्मक प्रचार गर्न नसकेको कारण चुनाव हार्नुपरेको बताउनुभयो ।

    सोही कार्यक्रममा अर्का बक्ता डा. मिनेन्द्र रिजालले वामपन्थी सरकार एकपछि अर्को गर्दै अधिनायकवादतर्फ अघि बढेको आरोप लगाउनुभयो । पूर्व एमाले, माओवादी(केन्द्र)को एकता र एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली र प्रचण्डको व्यक्तिगत निर्देशनमा चलेको बताउनुभयो ।

    दुई पार्टीको एकतामा विचार, संगठन र नेतृत्व चयन प्रकृया ओली र दाहाल हावीहुनु अधिनायकत्वको गतिलो उदाहरण भएको डा.रिजालको भनाइ थियो । पार्टी चलाए जस्तै देशमा अधिनायकत्व लागू गर्न खोजेपनि कांग्रेसले कुनै हालतमा कम्युनिष्ट निरंकुशता लागू गर्न नदिने उहाँको भनाइ थियो । कार्यक्रममा पार्टी जिल्ला सभापति डिकबहादुर लिम्बू, प्रदेशसभा सदस्य सुयोर्माराज राई लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…