अर्जुन जम्नेली राई
काठमाडौ । प्रदेश सभा सदस्य कुलप्रसाद साबा लिम्बूले १ नम्बर प्रदेशको नाम किरात सगरमाथा राख्नु पर्ने बताएका छन ।
लिम्बू मोरङ क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन । पूर्ब नेकपा (माओवाद केन्द्र) पोलिट्ब्युरो सदस्य तथा मोरङ जिल्ला ईन्चार्जसमेत रहेका लिम्बूले प्रदेशको नाम किरात सगरमाथा उत्तमहुने धरणा सार्बजनिक गरेका हुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कामको शिलशिलामा आज काठमाडौ आएका लिम्बूले पत्रकारहरुसँगको भेटमा धारणा राखेका हुन ।
किरात कुनै एउटा जाती नभएर भूगोल, ईतिहास र सभ्यता भएकोले प्रदेशको सबै जातिको साझा पहिचान हुने बताए । विस्वकै शिखर सगरमाथा त्यो भूगोलमा रहेकोले प्रदेशको नाम किरातसगरमाथा राख्दा भूगोलबासिको लागि गौरवहुने बतए । प्रदेशको नाम किरात सगरमाथा राख्न आफ्नो ठाँउबाट पहल गर्ने समेत प्रदेशसभा सदस्य लिम्बूले बताए ।