• अनिस तामांग/यु ए इ 

    अगस्ट-१४ 

    नेपाली हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा नेपाली समाज युएईको संयोजक तथा युएईका क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा संयुक्त तीज धमाका-२०१८ कार्यक्रम गर्ने अन्तिम तयारी पुरा भएको छ ।युएईका  नेपालीहरुको सबै भन्दा पुरानो संस्थाको रुपमा चिनिने नेपाली समाज युएईको संयोजकतव मा तिज बिसेस कार्यक्रम गर्न अलागीएको हो!

    उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएई, एनआरएनए युएई, काभ्रे सेवा समाज युएई, नेपाल विश्व सहयोग संघ युएई, नेप्लिज सोसल क्लब,तामाङ समाज युएई, पर्वत सेवा समाज युएई, पाल्पाली समाज युएई, झापाली समाज युएई, नेपाली संघीय समाज युएई, मितेरी समाज युएई, धादिङ समाज युएई, सर्लाही सेवा समाज युएई लगायत अनुमानित ५० भन्द माथि क्रियाशील जातिय,क्षेत्रगत, सामाजिक तथा राजनैतिक संघसंस्थाहरुको समन्वय र सहभागिता रहने भएको छ ।

    मध्यपुर्वका विकसित राष्ट्र युएईको दुबई शहर स्थित अलकुज डल्स्को हलमा अगष्ट ३१ तारिखको दिन ठिक २ बजे सुरु हुने सो  कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरु सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिका रमिला न्यौपाने युएई आउने भएका छन् !रोजगारीको शिलशिलामा युएईमा रहेका चर्चित नेपाली कलाकारहरुको समेत बेजोड प्रस्तुति हुने भएका छ। कार्यक्रमको लागि बरदुबइ बाट निशुल्क यातायात सेवाको समेत व्यवस्था गरेको छ ।

    कार्यक्रमको मुल उदेश्य सांस्कृतिक उत्थान एबम जगेर्ना गर्ने मुख्य  उदेश्य रहेता पनि कार्यक्रमबाट उठेको रकम युएईमै विभिन्न समस्यामा परेका नेपालीहरुको लागि सहयोग गर्ने उदेश्य रहेको नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटाले जानकारी दिएका छन्।a

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…