• विराटनगर — मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।

    स्थानीय श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा हालिएको विष मिस्रित पानी पिउँदा विद्यार्थी बिरामी परेका हुन्।बिरामीमध्ये १८ जनाको उर्लाबारी-३ मंगलबारेस्थित म‌ंगलबारे अस्पतालमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असई हरिनारायण राजवंशीले बताए। उनका अनुसार अरु खुश्बु मिश्र र सृष्टि निरौलालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

    विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको थियो।

    असई राजबंशीका अनुसार ट्यांकीमा ‘साइबेरिन’ लेखिएको विषको बट्टा फेला परेको छ। विषादी कसले हालेको भन्ने खुलेको छैन। सोधखोज भइरहेको प्रहरीले जनाएको छ।

    विद्यालय समय सुरु हुन लाग्दा टाढा टाढाबाट आएका विद्यार्थीले पानी पिएका थिए। त्यसपछि शिक्षकहरुले पनि पिउने क्रममा केही गन्ध आएजस्तो लागेपछि ट्यांकीमा जाँच गरिएको असई राजबंशीले बताए। त्यसक्रममा विषादी हालेको पाइएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…