•  

    स्वागत पुन मगर दमाम/भदौ-१४
    रातोकलम अनलाइन,

    गोरखा भिमसेन गाउँ पालिका ७ निवासी कुमार राना मगर साउदी अरबमा कार्यरत हुदा चलाएको गाडीले साउदी नागरिकसँग ठोक्किए पछि साउदी नागरिक सख्त घाइते भइ अस्पतालमा छन । राना बिगत १ बर्ष देखि साउदीको जेलमा बन्दी छन। घाइते साउदी नागरिकले उपचारार्थ रकम मागे पछि कुमार राना रिहाइ अभियान अन्तरगत विभिन्न देशबाट आर्थिक अभियान चलाइरहेको बेला नेपाली जन प्रगतिशील मञ्च साउदीले पनि आर्थिक सङ्कलन अभियान संचालन गरेको थियो।

    उक्त अभियान बाट संकलित रकम नवराज गिरी ज्यु मार्फत कुमार राना बचाउ अभियानका संयोजक कृष्ण प्रशाद ढकाल ज्यु को रोहबरमा कुमार रानाका श्रीमती अम्विका राना मगर लाई २०७५/५/१३तदनुसार २९ अगष्ट २०१८ का दिन मञ्चका तर्फबाट रु,८७,०००( सतासी हजार) सहयोग हस्तान्तरण गरिएको जारी बिज्ञ्यप्तीमा उल्लेख छ।दिल बहादुर र कुमार राना रिहाई समिति संयोजक शहुम सुनारी मगर मार्फत मंचको तर्फबाट पहल गरि साउदी रियल ३,०००(तीन हजार) हस्तान्तरण गरिएको हो।

    मञ्चका महासचिव बाबुलाल बुढाले पत्र मार्फत जानकारी गराउदै साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन । केही महिना अघि दिपेस पुनको संयोजकत्वमा बनेको दिल बहादुर बचाउ समिति बिदेश बिभाग मा रहेका महासचिव बुढा बिगत दुई साल देखि दिल बहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती , बर्तमान उर्जा मन्त्री बर्षमान पुन बर्तमान सभामुख कृष्ण बहादुर महरा देखि उपराष्टपति नन्द किशोर पुन सम्म पुगेका थिए ।

    दिल बहादुरको रिहाइको लागि चाहिने रकम रु ६७ लाख रुपैया परराष्ट मन्त्रालयमा जम्मा गरि सकिएको छ । सँगै नेपाली जन प्रगतिशील मञ्च साउदी अरबले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोग लगायत विभिन्न समयमा जस्तो विभिन्न समयमा बाढी पीडित राहत तथा उद्धार, धुर्मुस सुन्तली साँझ , मेरुदण्ड पिडीत सुरेन्द्र बञ्जन उपचार,विभिन्न जिल्लामा भएको अाग लागि पिडीत,ईराकमा बेचिएकी चेलिको उद्धारका निमित्त र कुमार राना र दिल ब.घर्ती मगर बचाउ जस्ता अभियानहरुमा ६,०७,३७१(छ लाख सात हजार तिन सय एकहत्तर ) सहयोग गरि सकेको मंचका कोषाध्यक्ष स्वागत पुनले जानकारी गराएका छन।

    साउदी अरबमा उद्धार तथा पिडीतहरुको लागि कानुनी सहयोग देखि लिएर आर्थिक तथा खान बस्न सम्म ब्यावस्था गर्दै उद्धार पछि नेपाल फर्किने पीडित नेपालीलाई हवाइ टिकट सम्म सहयोग गरिएको पनि बताए। अध्यक्ष कमल शाही निर्मलले अभियानमा सहयोग गर्नु हुने सबैलाई एकमुष्ट धन्यवाद दिएका छन
    भने आगामी दिन हरुमा पनि मजदुरको हितका लागि सहयोगको अपेक्षा समेत गरेका छन ।नेपाली जन प्रगतिशील मञ्च साउदी अरब निकट भबिस्यमा पनी सधै मजदुर कै पक्षमा निरन्तर लागि पर्ने बताए छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…