• देबु बानियाँ
    झापा । नेपाल जेसीजको आयोजनामा हुन गइरहेको क्षेत्र ‘ग’ को क्षेत्रीय सम्मेलन शुक्रवार भवय रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ ।
    साँखु जेसीज काठमाडौँको आतिथ्यतामा साँखुमा हुन लागेको सम्मेलनको सबै तयारी पुरा भइसकेको क्षेत्र ‘ग’ कानिरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमविक्रम सिंहले बताए ।
    सम्मेलनमा यस क्षेत्रमा रहेका ३२ वटा शाखाका ३ सय ५० भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहने आतिथ्यता शाखा साँखु जेसीजका अध्यक्ष सविन श्रेष्ठले बताए । सम्मेलनका लागि सभाहल, खाना बस्न तथा अतिथि सत्कारका सम्पूर्ण काम पुरा भइसकेको र शुक्रवार भव्य उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले बताए ।सम्मेलनमा स्वागतका लागि विभिन्न क्षेत्रमा स्वागत गेट निर्माण गरिएको छ भने सम्मेलन व्यवस्थित हलमा सम्पन्न हुँदैछ ।
    सम्मेलन १६ गते सम्पन्न हुनेछ । सम्मेलनमा सहभागि हुनका लागि नेपाल जेसीजका राष्ट्रिय अध्यष श्रीधर बस्यालसहित नेपाल जेसीजको बोर्ड, विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारीलगायतको टोली साँखु पुग्ने क्रम जारी छ । यस क्षेत्रको निरुपित उपाध्यक्षमा सिंह, निरुपित राष्ट्रिय उपाध्यक्षहरुमा टेकराज रेग्मी, रविन पोखरेल र गोविन्द देवकोटा रहनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…