• देबु बानियाँ
    झापा । नेपाल जेसीजको आयोजनामा हुने क्षेत्र ‘ख’ को क्षेत्रीय सम्मेलन २०१८ असोज ५ र ६ गते पर्वतमा हुदैँछ ।
    पर्वत जेसीजको आतिथ्यतामा हुन लागेको क्षेत्रीय सम्मेलनको तयारी धमाधम भइरहेको छ । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तरगत रहेको क्षेत्रीय सम्मेलन अन्तरगत हुने क्षेत्र ‘ख’ अन्तिम सम्मेलन हो । यस अघि गत बैशाख २८ र २९ गते क्षेत्र ‘घ’ को त्रिभूवननगर जेसीजको आतिथ्यतामा दाङमा सम्पन्न भएको थियो । क्षेत्र ‘क’ को यहि भदौ २२ र २३ गते सुरुङ्गामा हुँदैछ भने क्षेत्र ‘ग’ को साँखुमा भदौ १५ र १६ मा हुँदैछ ।
    क्षेत्र ‘ख’ को सम्मेलनका लागि पर्वत जेसीजका पूर्व अध्यक्ष वसन्तकुमार कर्मचार्यलाई निर्देशकको रुपमा नियुक्ती गरिएको छ । कर्मचार्यको नेतृत्वमा रहेको टिमले सम्मेलन सम्पन्न गर्न अहोरात्र रुपमा लागि परेको छ ।
    पर्वतको कुश्मा बजारमा हुने सम्मेलनमा यस क्षेत्रमा रहेका ३२ वटा शाखाका ७ सय ५० भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहने पर्वत जेसीजका अध्यक्ष राजन जोशीले बताए । यो क्षेत्रीय सम्मेलनलाई नेपाल जेसीजको इतिहासमै फरक र उत्कृष्ट रुपमा सम्पन्न गर्ने योजनाका साथ लागि परेको अध्यक्ष जोशीले बताए । सम्मेलनको तयारीका लागि यस क्षेत्रमा रहेका शाखाहरुको निमन्त्रणाका लागि पर्वत जेसीजको टिम हरेक शाखामा पुगेर निमन्त्रणा गरिरहेको र यो काम पनि अन्तिम चरणमा पुगेको अध्यक्ष जोशीले बताए । सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले गर्ने तयारी गरिएको छ । जसका लागि आतिथ्यता शाखाले निमन्त्रणा पत्र समेत प्रदान गरिसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…