• झापा । नेपाल जेसीजले पहिलो पटक सञ्चालन गरेको साप्ताहि तालिम विहिवार सम्पन्न भएको छ ।
    जेसीजले पहिलो चरणमा क्षेत्र ‘क’ र क्षेत्र ‘ग’ मा एकै साथ साप्ताहि तालिम सञ्चालन गरेको थियो । गत भदौ ८ गतेबाट सुरु भएको तालिम शुक्रवार झापाको मेचीनगर महिला जेसीज र काठमाडौँको कपन जेसीजमा सञ्चालन भएसँगै पहिलो चरणको तालिम सम्पन्न भएको हो ।
    मेचीनगर लेडी जेसीजमा सम्पन्न तालिमको उद्घाटन पूर्व जेसीज समाज झापाका अध्यक्ष एव्म नेपाल जेसीजका पूर्व राष्ट्रिय कोषाध्यक्ष विनोद बस्नेतले गरेका थिए । आतिथ्यता शाखा मेचीनगर महिला जेसीजकी अध्यक्ष सुनिता पनेरुको सभापतित्वमा सम्पन्न तालिममा नेपाल जेसीजका तालिम आयुक्त अनिलबहादुर शाही, बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन मोते, भद्रपुर जेसीजका अध्यक्ष सोम ढुङ्गेल, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, बुधवारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए । तालिमको सहजीकरण प्रशिक्षक केदार भण्डारीले गरेका थिए ।
    आतिथ्यता शाखा कपन जेसीजका अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले गरेका थिए ।
    जोसेफ स्कुलको सभाहलमा तालिम ‘उद्धमशिलता बिकास सम्बन्धि तालिम’ कार्यक्रमको प्रमुख अतिथी प्रदेश न ३ सार्वजनिक लेखा समिति सभापति माननीय नुच्छे नारायण श्रेष्ठ रहेका थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालल, राष्ट्रिय उपाध्यक्ष गोबिन्द देबकोटा, राष्ट्रिय उपाध्यक्ष रबिन पोख्रेल ,तालीम आयुक्त अनिल बहादुर शाही, बुढानिलकण्ठ नगरपालिका १० का वडाध्यक्ष नबराज भट्टराई, युबा निलकण्ठ्का अध्यक्ष लगायत समाजसेवी तथा युबाहरु र कपन जेसिज तथा जुनियर जेसिजका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भयो ।
    क्षेत्र ‘क’ अन्तरगत जनकपुर, तरहरा, चक्रघट्टी, लेटाङ, कमलनगर, सुरुङ्गा र मेचीनगर महिला जेसीजको आतिथ्यतामा सम्पन्न भएको हो । यसैगरी, क्षेत्र ‘ग’ अन्तरगत कृतिपुर, धापासी, सीतापाइला, नुवाकोट, मनोहरा, नाल्दुमनगरकोट र भकुण्डेबेसी र कपन जेसीजको आतिथ्यतामा भएको राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहिले बताए ।
    पहिलो चरणको साप्ताहिक तालिममा क्षेत्र ‘क’ अन्तरगत मञ्जरी घिमिरे, मोहन श्रेष्ठ, सागर भट्ट, रमेश अर्याल र केदार भण्डारीले सहजीकरण गरेका थिए ।
    क्षेत्र ‘ग’ अन्तरगत पूर्व राष्ट्रिय अध्यक्ष राजु केसीका साथै राजाबाबु शाह, केदार भण्डारी, मनषा थैव श्रेष्ठ, शोभा खरेल र जेसीजमा पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले सहजीकरण गरेका थिए । तालिमका लागि सबै क्षेत्रमा बहुशाखा तालिम हुनुका स्थान अुनसार फरक फरक विषयमा तालिम सञ्चालन सम्पन्न भएको हो ।

    यसैगरी दोस्रो चरणमा क्षेत्र ‘ख’ र क्षेत्र ‘घ’ मा सञ्चालन हुनेछन् । यसका लागि सम्बन्धित शाखा र निरुपित राष्ट्रिय पदाधिकारीहरुसँग राय सुझाव लिएर केही दिनभित्रमै तालिमको समय तालिका सार्वजनिक गर्ने आयुक्त शाहीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…