• देबु बानियाँ
    झापा । काठमाडौँको साँखु क्षेत्र यतिबेला अन्माउन लागेकी बुहेली झैँ सिँगारिएको छ । नेपाल जेसीजको आतिथ्यतामा हुन गइरहेको क्षेत्र ‘ग’ को क्षेत्रीय सम्मेलनको पूर्व सन्ध्यामा आइपुग्दा साँखुको रौनकतानै बदलिएको छ । शुक्रवार उद्घाटन हुने सम्मेलनको तयारीका लागि आतिथ्यता शाखा साँखु जेसीजले यस क्षेत्रलाई भरपुर सझाउने जमर्काे गरेको छ । विभिन्न क्षेत्रमा स्वागत गेट निर्माणसँगै कार्यक्रम स्थलको हललाई बेलुनको सभजावटसँगै झकिझकाउ पारिएको छ । सम्मेलनको शुक्रवार भव्य रुपमा उद्घाटन हुँदैछ ।
    साँखु जेसीज काठमाडौँको भक्ति जम्बो कटेजमा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आतिथ्यता शाखा साँखु जेसीजका अध्यक्ष सविन श्रेष्ठले बताए । सम्मेलनमा यस क्षेत्रमा रहेका ३२ वटा शाखाका ३ सय ५० भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहने सम्मेलनका लागि सभाहल, खाना बस्न तथा अतिथि सत्कारका सम्पूर्ण काम पुरा भइसकेको र शुक्रवार भव्य उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले बताए । सम्मेलनमा सहभागि हुनका लागि जेसीजकर्मीहरु आउने क्रम समेत सुरु भएको आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…